चार एसएसपी डिआइजीमा बढुवा, को को परे ?
प्रकाशित:
२०८१, ५ जेष्ठ
काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवामा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार चार एसपीलाई बढुवा गर्न सिफारिस गरेको हो ।
डिआइजी बढुवा सिफारिसमा परेकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा कार्यरत एसएसपी कृष्णहरि शर्मा, कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा कार्यरत एसएसपी दानबहादुर कार्की, प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी मनोजकुमार केसी र राजन अधिकारी छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’