सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
अखबार टुडे
प्रकाशित:
२०८१, ३ जेष्ठ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा शून्य मत खसेको छ । बैठकमा २८ सांसद सहभागी थिए ।

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति रेशम पक्षका सांसदले भने विश्वासको मत दिएनन् । उनीहरू मतदान प्रक्रियामा सहभागी नै भएनन् । मुख्यमन्त्री सोडारीले एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी रन्जिता पक्षका र स्वतन्त्र सांसले विश्वासको मत दिएका हुन् ।

बैठक सुरु हुनेबित्तिकै कांग्रेस र नाउपाको रेशम चौधरी पक्षका सांसदहरूले विरोधसहित नाराबाजी गरेका थिए । विरोधकाबीच सभामुख भण्डारीले मतदान प्रक्रिया अगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका थिए ।

उनी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्तिका २ जना र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया