आरोही कामीरिताले तोडे आफ्नै कीर्तिमान
अखबार टुडे
प्रकाशित:
२०८१, ३० बैशाख

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै फेरि रेकर्ड तोडेका छन् । कामीरिताले आज आइतबार शिान ७ः२५ बजे सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला राख्दै यसअघिको आफ्नो कीर्तिमान तोडेका हुन् ।

काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार आइतबार बिहान ७ः२५ मा उनी सगरमाथाको चुचुरोमा पुगेका थिए ।

उनले पटक पटक कीतिमान राख्दै तोड्दै आएका छन् । वि.स २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ देखि हिमाल आरोहण गर्न थालेका थिए ।

कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।
कामीरिताले सन् २०२३ मा २८ र २७औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा विश्वकै सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

प्रतिक्रिया