कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट
अखबार टुडे
प्रकाशित:
२०८१, २७ बैशाख

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको हो ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । नेपाली कांग्रेसका कार्की प्रदेश प्रमुखको कदमलाई असंवैधानिक समेत बताएका छन् ।

आजै कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनी माओवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया