लोकमा गायिका दीपा झाको ‘सारी सिफन’
अखबार टुडे
प्रकाशित:
२०८१, २७ बैशाख

काठमाडौं । नेपाली संगीत क्षेत्रकी सदावहार गायिका दीपा नारयण झाको नयाँ नेपाली गीत ‘जापानी टाइफन’ सार्वजनिक भएको छ करिब १ बर्षअघि नेपाल आएर गीति एल्बम सार्वजनिक गरेकी गायिका झाले गायक महेश मुखिया संगको सहकार्यमा नयाँ गीत बजारमा ल्याएकी हुन् ।

लोक डान्सिङ शैलीको गीतमा डा. बलराम श्रेष्ठको शब्द र महेश ज्ञावलीको संगीत रहेको गीतमा उदेश श्रेष्ठको एरेन्ज रहेको छ ।
प्रभातपाल ठकुरी र नारायणी खत्रीको अभिनय रहेको गीतको म्युजिक भिडियोलाइ जीवन शाहीले निर्देशन गरेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई सेभेन ह्विवल क्रीयसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक महेश मुखियाको यसअघि ‘केहि दिन म टाढ हुँदैछु’, ‘माथी माथी लेकमा’, ‘सिउरेनी वनमा’ र ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ जस्ता गीतहरु दर्शकले रुचाइएकामा पर्छन् ।

प्रतिक्रिया