रिहा भएलगत्तै दिपेश पुन फेरि पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८१, १४ बैशाख

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश फेरि पक्राउ परेका छन् । रुपन्देही प्रहरीले उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को पत्रको आधारमा शुक्रबार फेरि पक्राउ गरेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेलगत्तै पक्राउ परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुष्टि गरेका छन् ।

दिपेशको बारेमा सीआईबीमा अर्को उजुरी रहेको र त्यहाँबाट छुटिजाने भएमा अर्को अनुसन्धानलाई पठाइदिनु भनेकाले उनलाई पक्राउ गरिएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार पुनसँग अदालतले ४ लाख धरौटी मागेको थियो । त्यो बुझाएपछि उनी अदालतको आदेशमा रिहा भएका थिए । तर, रिहा भएपनि सीआईबीले लेखेको पत्रअनुसार सोहीअनुसार प्रबन्ध गरेर उनलाई फेरि सीआईबी पठाएको हो ।

प्रतिक्रिया