पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’बाट सम्मानीत
अखबार टुडे
प्रकाशित:
२०८१, १० बैशाख

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’बाट सम्मान गरेको छ । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवको विशेष समारोहमा भण्डारीलाई सम्मान गरेको हो ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनालले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

मञ्चमा नेकपा अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी उपस्थित थिए ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गरेको हो ।

प्रतिक्रिया