कतारका अमिर थानी आज एसिया भ्रमणमा निस्किँदै, मंगलबार नेपाल आइपुग्ने
अखबार टुडे
प्रकाशित:
२०८१, ९ बैशाख

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज एसियाली मुलुकको औपचारिक भ्रमणमा निस्कँदैछन् ।
भ्रमणका क्रममा उनी फिलिपिन्स, बंगलादेश हुँदै नेपाल आउनेछन् । उनी मंगलबार नेपाल आइपुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । उनको दुईदिने औपचारिक नेपालको भ्रमण तय भएको छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुने राजदूत अन्सारीले विश्वास व्यक्त गरेका छन् ।

राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन् ।

कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

प्रतिक्रिया