सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीद्वारा सपथ ग्रहण, एमाले तत्काल सरकारमा नजाने
अखबार टुडे
प्रकाशित:
२०८१, ६ बैशाख

काठमाडौं । नेकपा एमाले मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ । एमालेसहितका दलको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी बिहीबारमात्र मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री सोडारीले आजै शपथ लिएसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गर्न चाहेका थिए । तर, एमालेले मन्त्रीको नाम दिएन । एमाले सांसद धर्मराज पाठकले आफूहरु तत्काल सरकारमा नजाने निर्णय गरेको बताए ।

नाउपाद्वारा सपथ ग्रहण कार्यक्रम बहिस्कार

यस्तै, मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले बहिस्कार गरेको छ । आफूहरूलाई बिना विभागीय मन्त्री दिइएको भन्दै नाउपाका समर्थक सांसदहरू शपथ ग्रहण कार्यक्रमबाट बाहिरका थिए । बिहीबार नै उन्मुक्तिबाट दुई जनालाई मन्त्रीमा नियुक्त गर्ने तयारी थियो । तर, बिना विभागीय मन्त्रीको शपथ नलिने उनीहरूले बताएका छन् ।

बिहीबार साँझ प्रदेश प्रमुख नाजिर मियाँले नवनियुक्त मुख्यमन्त्रीका रूपमा दीर्घ सोडारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्रका १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित सर्मथनमा सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया