सुदूरपश्चिम : प्रदेश प्रमुखद्वारा दुवै जनाको मुख्यमन्त्री दावी अस्वीकृत
अखबार टुडे
प्रकाशित:
२०८१, ४ बैशाख

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँद्वारा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा)का रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै अध्यक्ष रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

तर, दुई दिनपछि प्रदेश प्रमुख मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया