संसदमा गृहमन्त्रीले राख्ने एजेन्डा कार्यसूचीबाटै किन हटाइन्छ ?
अखबार टुडे
प्रकाशित:
२०८०, २८ चैत्र

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय आज पनि कार्यसूचीबाट हटाइएको छ ।

यही चैत २ गते गृहमन्त्रीले प्रतिनिधिसभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा सभामुख देवराज घिमिरे अगाडि बढेपछि यसअघिको बैठकमा कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठकमा उक्त कार्यसूची राखिएको थिएन ।

त्यसपछि चैत २७ गते फेरि गृहमन्त्रीले प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो । तर, मंगलबार पनि प्रतिनिधिसभाको बैठकमा कार्यसूची प्रवेश नै पाएन ।

आज बस्न लागेको बैठकमा गृहमन्त्री लामिछानेले प्रस्तुत गर्ने तय भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनको विषयमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै आएको छ । संसदीय छानविन समिति गठन नगरिएसम्म संसद चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ ।

प्रतिक्रिया