राष्ट्रिय फोटो पत्रकार समूहको क्यालेन्डर सार्वजिनक
अखबार टुडे
प्रकाशित:
२०८०, २८ चैत्र

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले नयाँ वर्ष २०८१ को क्यालेन्डर ल्याएको छ । उक्त क्यालेन्डर हालै एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
नयाँ वर्ष २०८१ सालको भित्ते क्यालेन्डरको उपसभामुख माननीय इन्दिरा राना मगर, माननीय रामहरि खतिवडा, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्त, विश्व कीर्तिमान एवं वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान र राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्षहरु तथा वर्तमान पदाधिकारीहरुले भित्ते पात्रको संयुक्तरुपमा विमोचन गरेका थिए ।
उक्त क्यालेन्डर निःशुल्क वितरण गरिने एनएफपीजेका अध्यक्ष वन्तले बताए ।

प्रतिक्रिया