भारतमा पिकअप भ्यान दुर्घटनामा परी ७ नेपालीसहित आठ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, २७ चैत्र

काठमाडौं । उत्तरी भारतको नैनीताल क्षेत्रमा पिकअप भ्यान सडकबाट चिप्लिएर १५० मिटर गहिरो खाल्डोमा खस्दा ७ नेपाली नागरिक र एक स्थानीय चालकको मृत्यु भएको इण्डियन एक्प्रेसले जनाएको छ । मङ्गलबार भएको दुर्घटनामा परी थप दुई नेपाली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृतक र घाइते नेपालीको पहिचान खुलेको छैन ।

प्रहरीका अनुसार विपद् व्यवस्थापन बलको एक टोली घटनास्थलमा पुगी स्थानीय र प्रहरीको सहयोगमा खाल्डोबाट मृतकहरूलाई निकालेको र उद्धार टोलीले घाइतेलाई अस्पताल पु¥याएको छ ।

धार्मिक पर्यटकलाई घर लैजान नेपालतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटना भएको भारतीय मिडियाले उल्लेख छन् । दुर्घटनाको कारणबारे प्रहरी अनुसन्धान गर्न आदेश दिएको छ ।

भारतमा अत्यधिक भार वहन, सडकको कमजोर अवस्था र चालकको लापरबाहीका कारण हुने सडक दुर्घटनाबाट बर्षेनी हजारौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ । भारतमा हरेक वर्ष सरदर करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया