राप्रपाले भन्यो- आजदेखि एक बुँदा पनि थपियो
अखबार टुडे
प्रकाशित:
२०८०, २७ चैत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राख्दै आन्दोलनकमा उत्रिएको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ परेका छन् । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही घाइते भएका थिए ।

प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं । आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’


प्रतिक्रिया