इलाम-२ मा रास्वपाका मिलन लिम्बूले दर्ता गराए उम्मेदवारी
अखबार टुडे
प्रकाशित:
२०८०, २४ चैत्र

इलाम । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा रास्वपा उम्मेदवार मिलन लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार रास्वपाका उपासभापति तथा श्रम मन्त्री डिपि अर्यालसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेवदारी दर्ता गराएका हुन् ।

अहिलेसम्म रास्वपाका मिलन लिम्बूसहित कांग्रेसबाट डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया