एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक
अखबार टुडे
प्रकाशित:
२०८०, २४ चैत्र

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले राससलाई जानकारी दिए ।

उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ । बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

परिषद् बैठकको तयारी गर्न आज केन्द्रीय कार्यालयमा बैठक बस्न लागिएको कार्यालयका सचिव डा अधिकारी जानकारी दिनुभयो । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।

परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ ।

प्रतिक्रिया