उपनिर्वाचन : आज उम्मेदवार मनोनयन दर्ता
अखबार टुडे
प्रकाशित:
२०८०, २४ चैत्र

काठमाडौं । आगामी वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेश १ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारले आज मनोनयन दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । साथै, उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया