नयाँ वर्षको २०८१ को अवसरमा सामसङको यस्तो आकर्षक अफर
अखबार टुडे
प्रकाशित:
२०८०, २३ चैत्र

काठमाडौं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई’ अफर ल्याएको छ । जसमा ग्राहकले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्म र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहजरूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सक्नेछन् । यो विशेष छुट अफर जेठ २ गते २०८१ सम्म लागु हुनेछ ।

१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर एक टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ ।

साथै, आफ्नो नागरिकता पेस गरी ग्राहकले ५५ वा त्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्नेछन् र इन्स्टा फाइनान्स सेवामार्फत ईएमआई १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् भने ४३ इन्च वा सो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन् ।

ग्राहकले आफ्ना नयाँ खरिदहरूबारे पनि पूर्ण रुपमा ढुक्क हुन सक्नेछन् किनभने सामसङले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ ।

साथै, कुनै पनि सामसङ टिभीको खरिदसँगै ग्राहकले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्ने कम्पनीले जनाएको छ । अझ छानिएका सामसङको ७५ इन्चभन्दा ठुलो क्रिस्टल युएचडी टिभी खरिद गर्दा ग्राहकले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५ इन्च र ६५ इन्च युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८) मोबाइल फोन मा रु. ५००० को छुट पाउनु सक्नेछन् ।

सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ । आफ्नो घरमा नयाँ वाशिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने वा घर ल्याउने योजनामा रहेका ग्राहकका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा क्यासब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ ।

सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटी कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटि मोटरमा २० वर्षको वारेन्टी प्रदान गर्दछ । सामसङको कुनैपनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकले उत्कृष्ट मूल्याँकन प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया