वैवाहिक बलात्कारको आरोप मुद्दामा न्यायधीश गिरीलाई थुनामा पठाउन आदेश
अखबार टुडे
प्रकाशित:
२०८०, २१ चैत्र

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशहरु हरि फूयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले वैवाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गरेका थिए । मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा थिए ।

प्रतिक्रिया