‘ठूलो झुट’ गीतको म्युजिक भिडियो सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०८०, १९ चैत्र

काठमाडौं । गायक गायिका अजय अधिकारी सुशील र सदीक्षा भूर्तेलको स्वरमा नयाँ गीत ठूलो झुट सार्वजनिक गरिएको छ । उक्त भिडियो आइसक्रिम इन्टरटेन्मेन्ट युट्युबाट हालै सार्वजनिक गरिएको हो ।

गीतमा गायक अधिकारीकै शब्द र संगीत छ । शान थापाद्वारा निर्देशित भिडियोमा सुशीला थापा, विकास लामिछाने, अनु खत्री र शिभान्या सुवेदीले गीत सुहाउ“दो अभिनय गरेका छन् । गीतमा अर्जुन तिवारीको छायांकन निर्देशन र बुद्ध थापाको छायांकन छ ।

गीतको भिडियोमा एक सानो परिवारका श्रीमान श्रीमतीले परिवारको हितका लागि एकअर्कासँग झुट बोलिरहेको कथा छ । बिहान घरबाट सजिएर कुनै कार्यालयमा जाने पति पत्नी भने गिट्टी कुट्ने र होटलमा काम गर्छन् । तर, वास्तविक काम एक अर्कालाई थाहा हुँदैन ।

हेर्नेनुहोस भिडियोः

प्रतिक्रिया