अस्मिता र रोम नाम्जालीको स्वरमा ‘तीन तारा तीनतिर’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, १७ चैत्र

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक रोम नाम्जालीको स्वरमा ‘तीन तारा तीनतिर’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हालै सार्वजनिक गीतमा गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीत र आनन्द अधिकारीको शब्द रहेको छ । यस गीतलाई गायक नाम्जालीले अमेरिकामै रेकर्ड गरेका हुन् भने अस्मिता अधिकारीको स्वर नेपालमै रेकर्ड गरिएको हो ।

रोलेक्स इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक यस गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्तित कलाकार बुद्धि तामाङ ‘हैट’ र रजनी गुरुङ ‘मंगली’ले अभिनय गरेका छन् ।
संगीतकार भ्वन सुप्तिहाङ केही वर्षयता अमेरिका बस्दै आएका छन् । गायकसमेत रहेका सुप्तिहाङले विदेशमा बसेर पनि नेपाली गीतसंगीत बेला बेलामा पस्कँदै आएका छन् ।

गायक रोम नाम्जाली पनि अमेरिकाको सिकागो सिटीमै बस्दै आएका छन् । नाम्जाली र संगीतकार भुवन सुप्तिहाङको यो पहिलो सहकार्य हो ।

गायनमार्फत दुई दशकअघि संगीत अँगालेका सुप्तिहाङले थुप्रै गीत गाउनुका आलवा सयौँ गीतमा संगीत गरेका छन् । उनले नेपालका अधिकांश पुराना तथा नयाँ पुस्ताका गायक÷गायिकासँग काम गरिसकेका छन् ।

प्रतिक्रिया