इलाममा घण्टी बज्यो, मिलन लिम्बूलाई उम्मेदवार घोषणा
प्रकाशित:
२०८०, १७ चैत्र
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरु शनिबार इलाम पुगेर इलाम–२ का लागि उम्मेदवार घोषणा गरेको छ । वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको उम्मेदवार मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको हो ।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले मिलन लिम्बूलााई चुवान चिन्ह घण्टी हस्तान्तरण गर्दै उम्मेदवार घोषणा गरेका हुन् । उम्मेदवारी घोषणासँगै घण्टी बजाइएको थियो ।
शनिबार मिलनको पक्षमा सभापति लामिछानेसहित माहोल बनाउँदै उम्मेदवारी घोषणा गर्नका लागि उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु इलाम आएका छन् ।
प्रतिक्रिया