उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादीको निर्णय
अखबार टुडे
प्रकाशित:
२०८०, १४ चैत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । तर, कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने गरेको छैन । बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले इलाम–२ र बझाङमा उम्मेदवारी दिने निर्णय भएको बताए । उनले उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको बताए ।

माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम–२ मा हुने उपनिर्वाचनका लागि गत मंगलबारनै धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिसकेको छ । तर, केन्द्रबाट उम्मेदवारी दिनेबारे निर्णय भएको थिए । पौडेलले आजभोलि नै पार्टीले उम्मदेवारको नाम ट्ुंगो लगाउने बताए ।

प्रतिक्रिया