मौसम : यी चार प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना
अखबार टुडे
प्रकाशित:
२०८०, १३ चैत्र

काठमाडौं । हाल नेपालमा बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको र स्थानीय वायुको प्रभाव रहेका छ । जसको प्रभावले केही दिनयता दैनिक पानी परिरहेको छ ।


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।


उनले भने, ‘बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको छ र प्रिमनसुन सक्रिय रहेकाले पानी मेघगर्जन चट्याङसहित पानी पर्ने गरेको छ,’ उनले भने, ‘आगामी तीन दिनसम्म अहिलेको जस्तै अवस्था रहने देखिन्छ ।’ उनका अनुसार यसको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

आज बिहान पनि कोशी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, काठमाडौं उपत्यकामा पनि आज अपराह्नपख हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले बुलेटिन जारी गरेर अनुरोधसमेत गरेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना समेत रहेको बुलेटिनमा उल्लेख छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


आज राति भने देशभर आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा हुने पूर्वानुमान छ ।

यस्तै, बुधबारको दिन दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

बुधबार राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा बदली हुने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

प्रतिक्रिया