जुम ब्यूटी एकेडेमीको होली कार्यक्रममा धिरज राईसँग झुमे दर्शक
अखबार टुडे
प्रकाशित:
२०८०, १३ चैत्र

काठमाडौं । ब्यूटीशियन क्षेत्रमा कहलिएको जुम ब्यूटी एकेडेमीले काठमाडौंको बौद्धमा होली विशेष कार्यक्रम गरेको छ । बौंद्धस्थित बौंद्ध हेरिटेजमा आयोजित एकेडेमीको होली कार्यक्रममा कुनै समयका चर्चित पप गायक धिरज राइले सांगीतिक माहौल तताएका थिए ।

एकेडेमीकी ब्राण्ड एम्बेस्टर नायिका केकी अधिकारीको उपस्थितिमा भएको कार्यक्रममा नेपाली ‘माइकल ज्याक्सन’को उपनामले समेत परिचित गायक राईले सांगीतिक प्रस्तुती दिँदा होलीको रंगमा रंगिएका युवा युवतीहरु जुरुक जुरुक भएका थिए ।

जाँदै छु टाढा, सोई ढोले सोई, लुकीलुकी, जाउ–जाउ समाउ, हिमाल नझुकेसम्म जस्तामार्फत ख्याती कमाएका राई पछिल्लो समय भने बुद्ध वाज बर्न इन नेपाल अभियान चलाउँदै विश्व यात्रामा छन् ।

कार्यक्रममा नायिका अधिकारीले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् भने जुम ब्यूटी एकेडेमीका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले कार्यक्रममा सहभागी सबैलाई विशेष धन्यवाद दिँदै गायक राई र ब्राण्ड एम्बेस्डर अधिकारीलाई मायाको चिनो वितरण गरेका थिए ।

प्रतिक्रिया