दुर्गा प्रसाइको मेडिकल कलेजले प्रक्रिया पुर्‍याए सम्बन्धन पाउने
अखबार टुडे
प्रकाशित:
२०८०, १२ चैत्र

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको दुर्गा प्रसाइँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारंगा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’, सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘आदेशको प्रति हामीले पाइसकेका छैनौं । तर, निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ ।’ उनले विस्तृत विवरण आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा हुने बताए ।

मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका प्रसाईको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको थियो ।

उनल आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट जारी गरेको हो । व्यवसायी प्रसाइँले आफ्नो कलेजले सम्बन्धन नपाएमा भत्काइदिने समेत चेतावनी दिएका थिए ।

प्रतिक्रिया