नेपालगञ्जमा टिम डीको ‘होली फेस्ट’मा डिजे जेनीले नचाउने
प्रकाशित:
२०८०, १० चैत्र

काठमाडौं । टिम डी एड्जले नेपालगञ्जमा होली फेस्ट आयोजना गर्दैछ । होली फेस्टको यो सिजन–३ हो । सोमबार हुने होली फेस्ट–३ मा चर्चित डिजे जेनी लगायतका स्थानीय कलाकारले नचाउने भएका छन् ।
आयोजक टिम डीका अनुसार कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ । नेपालगन्ज राझाको भैयापुरमा चैत १२ गते सोमबार हुने यो कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा DJ ZENNY, DJ RAAZ, DJ CANDY, BIPLOP & THE BAND, MISS NEPALGUNJ 2015, MOHINI DILIP POUDEL & TEAM को प्रस्तुति रहनेछ भने मट्का फोड कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ । त्यस्तै, कार्यक्रममा रेन डान्स र प्रिण्पेड फुड स्टल रहने आयोजकले जनाएको छ । कार्यक्रमका लागि प्रवेश निःशुल्क रहने आयोजक संस्था टिम डी एड्जका दिनेश थापाले जनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
