रुसको एउटा कन्सर्ट हलमा आक्रमण, ६० भन्दा बढीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, १० चैत्र

काठमाडौं । रुसी एउटा कन्सर्ट हलमा हतियारधारीद्वारा अन्धाधुन्ध आक्रमण हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त हमलामा परी १४५ भन्दा बढी घाइते भएका छन् ।

शुक्रबार राति मस्कोको पश्चिमी सहरमा भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकको भीडमा बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरेको ंबीबीसीले लेखेको छ ।

समाचारमा बताइएअनुसार आक्रमणमा कम्तिमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए । यस आक्रमणलाई रुसी मानव अधिकार आयोगले ‘आतंकवादी हमला’ भनेको छ ।

समाचारमा जनाइएअनुसार कन्सर्टअघि हलमा भेस बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो । हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ ।

यो आक्रमणलाई कुनै समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमार्फत जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ । यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न नसकिएको अलजजिराले जनाएको छ ।

प्रतिक्रिया