जुम ब्यूटी एकेडेमीले मनायो २२औँ वार्षिकोत्सव
अखबार टुडे
प्रकाशित:
२०८०, ७ चैत्र

काठमाडौं । जुम ब्यूटी एकेडेमी स्थापनाको २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । यहि अवसरमा एकेडेमीले सोमबार बबरमहलस्थित कार्की ब्याङकेटमा २२औँ वार्षिकोत्सव मनाएको छ ।

चर्चित नायिका तथा एकेडेमीकी ब्राण्ड एम्बेस्डर केकी अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित २२औँ वार्षिकोत्सव कार्यक्रममा जुमका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले आफ्ना कर्मचारीलाई आफुहरुसँग सहकार्य गरेर अगाडि बढेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो साथ र सर्पोटको आशा गरेको बताए ।

हालसम्म जुमका १२ वटा शाखा सञ्चालनमा छन् । एकेडेमीले कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्खो, स्वयम्भू र कौशलटारमा शाखा सञ्चालन गरेर सेवा दिँदै आएको छ ।
एकेडेमीले वार्षिकोत्सवका अवसरमा वर्षकै उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार र अवार्ड दिँदै सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया