गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०८०, ६ चैत्र

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको छ । सिंहदरबार अगाडि भएको विद्यार्थी प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडकमार्फत् आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया