कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना
अखबार टुडे
प्रकाशित:
२०८०, ५ चैत्र

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । आजै म्याद थप्न महरालाई जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

महराले अदालतमा आफू बिरामी रहेको र औषधि खाइरहेको बताएपछि अस्पताल भर्ना गराउन जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले नर्भिक अस्पतालमा भर्ना गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् ।

जिल्ला अदालत काठमाडौंले महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया