बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, ५ चैत्र

पोखरा । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ –आज) दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडकदेखि १५० मिटर तल खस्न गई बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । उनका अनुसार घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको छ । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया