उपनिर्वाचन इलाम-२ : २० राजनीतिक दलले दिए आवेदन
अखबार टुडे
प्रकाशित:
२०८०, ५ चैत्र

काठमाडौं । आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा २० राजनीतिक दल चुनावमा लड्ने भएका छन् । इलाम–२ को उपनिर्वाचनका लागि २० वटा दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि फागुन २४ गतेदेखि फागुन ३० गतेसम्मका लागि दर्ताको समय दिएको थियो । सो अवधिमा २० दलले आवेदन दिएको आयोगले विज्ञप्तिमार्फत जनाएको हो ।

यस्तै, निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको उल्लेख छ ।

यस्तै, बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा लागि १९ वटा दलले आवेदन दर्ता आयोगले जनाएको छ ।

प्रतिक्रिया