तेह्रथुमको फेदाप-१ मा आगलागी, १६ घर जलेर नष्ट (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, ४ चैत्र

म्याङलुङ । तेह्रथुमको फेदाप गाउँपालिका–१ टारी, मैताप्पा र बाँजघरामा आगलागी हुँदा १६ वटा घर जलेर नष्ट भएका छन् ।
आगलागी भएको गाउँ जंगल नजिक, सुखा क्षेत्र हुनुका साथै हावाको तीव्र वेग चल्दा आगो निभाउन कठिन भएको फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले बताए ।

आइतबार दिउँसो लागेको आगो साँझसम्म पनि लागिरहेको र प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका अध्यक्ष भेटवालले बताए । आगलागीबाट केही पशुचौपाया मरे पनि यकिन विवरण आइसकेको छैन ।

गाउँका धेरैजसो घरमा खरको छानो भएका कारण आगो निभाउन गाह्रो भएको र केही ठाउँमा अझै पनि आगो लागिरहेको भेटवालले बताए । तमोर र खोरुङ्गा खोलाको दोभानबाट सल्किएको आगो गाउँमा पसेको थियो । फेदापको टारी र बाँजघरामा गरी झण्डै एक सय वटा घर रहेका छन् । -तस्बिरहरु प्रदीप चौलागाइँको फेसबुकबाट

प्रतिक्रिया