काठमाडौं । पूर्वउपराष्ट्रपति नन्द किशोर पुन ‘पासाङ’का छोरा दीपेश पुन पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका उनलाई आजै भैरहवा पठाइएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले पुनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो ।
उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए । रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले उनीविरुद्ध मुद्दा भएकाले काठमाडौंबाट झिकाइएको जनकारी दिए ।
पुनविरुद्ध सुन तस्करीमा समेत संलग्न भएको आरोप छ । सोही आरोपमा प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई पक्राउ परेको थियो । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदैगर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले पहिला भैरहवा पठाइएको प्रहरी स्रोतको भनाइ छ ।
रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पुनविरुद्ध छ ।