एआईजी किरण बज्राचार्य सीआईबी प्रमुखबाट हटाइयो
प्रकाशित:
२०८०, २ चैत्र
काठमाडौं । सरकारले दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरिएको छ ।
यस्तै, सिआइबी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गरिएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि एआईजी बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखबाट हटाइएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार