यस्तो छ आज दिनभरको मौसम
अखबार टुडे
प्रकाशित:
२०८०, ३० फाल्गुन

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज पनि पहाडी भू–भागमा मौसम आंशिक रुपमा बदली भएको छ । साथै, पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, बिहीबार (भोलि) सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हिमपातसहित छिटपुटदेखि हल्का वर्षाको पनि सम्भावना रहेको छ । हिमपातको सम्भावना शुक्रबारसम्मै रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया