योगेशकाजीको ‘फूलमाया कान्छी’ यस्तो देखिए प्रकाश र सनिशा
अखबार टुडे
प्रकाशित:
२०८०, २८ फाल्गुन

काठमाडौं । पछिल्लो समयका व्यस्त एवं चर्चित गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन रहेको छ । गायक तथा संगीतकार योगेशकाजीले अहिलेसम्म चार दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने दर्जनौंमासंगीत, एरेन्ज र शब्दरचना गरिसकेका छन् ।

‘फूलमाया कान्छी’ गीतको भिडियोमा चर्चित लोकगायक एवं मोडल प्रकाश सपुत र सनिशा भट्टराईले अभिनय गरेका छन् । यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सुनिल बिकको निर्देशन रहेको छ ।

प्रतिक्रिया