सुदन किरातीको शब्दमा ‘पलपल बगिरहेछु’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८०, २७ फाल्गुन

काठमाडौं । गायक तथा संगीतकार कन्काइष्ट राईको स्वर रहेको ‘पलपल बगिरहेछु’ बोल गीतको भिडियो सार्वजनिक भएको हो । शनिबार राजधानीमा एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वपर्यटनमन्त्री सुदन किरातीले भिडियो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतमा सुदन किरातीको शब्द, शान्तिराम राईको संगीत र देवेश राईको संगीत संयोजन रहेको छ । जुन गीत किरातीले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।

भिडियोमा मतुवाली र आर्यन बीचको बाल्यकालको मायाप्रेमलाई बिथोल्न खोजिएता पनि कालान्तरमा उनीहरुको प्रेमले सार्थकता पाएको देखाउन खोजिएको छ ।

पूर्वेली समाजलाई उजागर गर्न खोजिएको उक्त गीतलाई योगेन मुकारुङले रेकर्डिङ गरेका हुन् भने मिक्सिङ मास्टरिङ्ग मिन विष्टले गरेका छन् । भिडियोमा आर्यन सिग्देल, मल्लिका महतलगायतको अभिनय रहेको छ । भिडियोमा बालकलाकार उचित ढकाल, समृध्दि खड्गी र आएल्य शेर्पाले अभिनय गरेका छन् ।

बिकास धमलाले सम्पादन गरेका यस भिडियोमा उत्तम हुमगाईको छायाँकन र निर्देशन निकेश खड्काको रहेको छ । भिडियो सार्वजनिक कार्यक्रममा बरिष्ठ नृत्य निर्देशक भैरव थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया