सुनकाे मूल्य प्रति तोला एक लाख २६ हजार पुग्यो
अखबार टुडे
प्रकाशित:
२०८०, २७ फाल्गुन

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो साताको सोमबारदेखि निरन्तर उकालो लाग्न थालेको सुन आइत्बार हालसम्मकै उच्च एक लाख २६ हजार रुपैयाँ कायम भएको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा आज थप १ हजार रुपैयाँले वृद्धि हुँदै १ लाख २६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढ्दै १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने अघिल्लो हप्ताको मूल्यमा ५ रुपैयाँ बढ्दै आज प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया