कांग्रेस नयाँ सरकार बनाउने धन्दामा लाग्दैन : महामन्त्री शर्मा
प्रकाशित:
२०८०, २६ फाल्गुन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने बताएका छन् । नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको शनिबार उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ नलाग्ने स्पष्ट पारेका हुन् ।
‘कांग्रेस अब घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन, हामी सरकार भत्काउन र बहुमत पु¥याउनतर्फ लाग्दैनौँ’, उनले भने ।
महामन्त्री शर्माले कांग्रेस अब जनताको मुद्दा लिएर खरोरूपमा उत्रिने बताए । ‘हामीले पार्टी सभापतिलाई भनेका छौँ, अहिले केही समय पर्खनुहोस्, यो गठबन्धनलाई काम गर्न अवसर दिनुपर्छ’, उनले भने । उनले संसद्को चालु अधिवेशनमार्फत नै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
