राष्ट्र बैंकले बिक्री गर्दै आठ अर्बको विकास ऋणपत्र
अखबार टुडे
प्रकाशित:
२०८०, २५ फाल्गुन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल रु आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । यही फागुन २९ गते अपरान्ह बोलकबोल हुने छ । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ ।

ऋणपत्र घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न सकिनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया