प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठनबारे राष्ट्रपतिलाई जानकारी
अखबार टुडे
प्रकाशित:
२०८०, २१ फाल्गुन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ३ जनाबिना विभागीय मन्त्री बनाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई आज शितल निवासमा भेटेर प्रधानमन्त्री प्रचण्डले ३ जनाको मन्त्रिपरिषद बनाउने जानकारी गराएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मौखिकरुपमा पौडेललाई सपथ ग्रहणको तयारी गर्न राष्ट्रपति कार्यालयलाई अनुरोध गरेको र केहि समयमा मन्त्रीको नामसहित लिखित पत्र पठाउने तयारी भएको छ ।

नेमपा एमालेसहितको नयाँ समीकरणबाट संघीय सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुगेका हुन् । उनी पौडेलसँग छलफल गरेर फर्किएका छन् ।

एमाले–माओवादी–रास्वपाको नयाँ गठबन्धनबाट प्रचण्ड नेतृत्वको सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ । हाल एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याललाई बिना विभागीय मन्त्री बनाइनेछ ।

प्रतिक्रिया