परराष्ट्रमन्त्री साउदको फिनल्याण्ड भ्रमण अचानक किन रद्द ?
अखबार टुडे
प्रकाशित:
२०८०, २० फाल्गुन

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण अचानक रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले मन्त्री साउदको भ्रमण स्थगित भएको जनाएको छ ।

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो । उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ । सत्ता गठबन्धनमा खटपट भएको भनिएकै बेला अकस्मात् उनको भ्रमण रद्द हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो केही दिनयता मन्त्रिपरिषद हेरफेर गर्ने चर्चा चल्दै आएको छ । यसैबेला कांग्रेसले आजै आफ्नोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेको छ ।

प्रतिक्रिया