रहेनन् भजन शिरोमणि भक्तराज आचार्य
प्रकाशित:
२०८०, १४ फाल्गुन
काठमाडौँ । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह साढे चार बजे ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन पारिवारिक श्रोतले जनाएको हो ।
आचार्य ८२ वर्षको थिए । आचार्य बिगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।
नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान छ । आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान १० बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने ञ्चारकर्मी सुभाष प्रधानले जानकारी दिए।
प्रतिक्रिया
सम्बन्धित समाचार
इलाममा ओलीले भने- केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौँ
इलाम-२ मा एमालेका सुहाङ विजयी, १६ उम्मेदवारको जमानत जफत
चिनियाँ सुरक्षा मञ्जुरी पाएपछि टेस्लाका सीईओ मस्क प्रस्थान
कम्युनिष्ट एकताको प्रयासमा बलियो आधार तयार हुन सकेको छैन : अध्यक्ष नेपाल
काठमाडौंमा लगानी सम्मेलन सुरु, राष्ट्रपतिद्वारा अध्यादेश जारी