महिला क्रिकेटरको ग्रेडिङ : ग्रेड ‘ए’को मासिक ५० हजार, अरुले कति पाउँछन् ?
अखबार टुडे
प्रकाशित:
२०८०, १४ फाल्गुन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटरको ग्रेडिङ गर्दै नयाँ तलब स्केल निर्धारण गरेको छ । क्यानको सोमबार बसेको बैठकले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको हो ।

जसअनुसार ग्रेड ‘ए’मा कप्तान इन्दु बर्मासँगै रुबिना क्षेत्री र सीता राना मगर छन् । यस्तै, ग्रेड ‘बी’मा कबिता कुँवरमात्र परेकी छन् भने ‘सी’मा पूजा महतो र अश्मिना कर्माचार्य र ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल परेकी छन् ।

इमर्जिङ क्याटगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोद्दार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन छन् ।

क्यानका अनुसार ग्रेड ‘ए’मा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छन् भने ‘बी’ले ३५ हजार, ‘सी’ले ३० हजार, ‘डी’ले २५ हजार र इमर्जिङ क्याटगरीमा परेका क्रिकेटरले मासिक २० हजार तलब पाउने भएका छन् ।

प्रतिक्रिया