यस्तो छ इलाम-२ को उपनिर्वाचन तालिका
अखबार टुडे
प्रकाशित:
२०८०, १४ फाल्गुन

काठमाडौं । इलाम-२ र बझाङ–१(१) मा हुने उपनिर्वाचन लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

चैत २४ गते उम्मेदवारी दर्ता र २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । चैत २८ देखि १२ वैशाखसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ । १५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया