आमा बनिन् रेखा, छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह
अखबार टुडे
प्रकाशित:
२०८०, १२ फाल्गुन

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकामा रहेकी रेखाले शनिबार छोरीलाई जन्म दिएकी हुन् । रेखाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह राखेकी छन् ।

रेखाले सामाजिक संजालमा छोरी जन्मेको जानकारी दिँदै लेखेकी छन्- ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’ उनले बलराम शाहीसँग गतबर्ष बिहे गरेकी थिइन् । रेखा सन्तान जन्माउनका लागि अमेरिका पुगेको भन्दै उनको चर्को आलोचना भएको थियो । रेखाले यो विषयको खण्डन समेत गरेकी थिइन् ।

प्रतिक्रिया