कृषि विकास बैंकमा खुल्यो जागीर (यस्तो छ सूचना)
अखबार टुडे
प्रकाशित:
२०८०, ११ फाल्गुन

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म ११२ जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको छ ।

त्यस्तै, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापालका लागि आवेदन माग गरेको छ ।

ती पदका लागि योग्यता पुगेका नेपाली नागरिकले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने बैंकले जनाएको छ । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।

प्रतिक्रिया