
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, काठमाडौंमा पनि दिउँसो छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस र बागमती प्रदेश लगायत देशको पहाडी आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।